बागमतीका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

केन्द्रभाग मिडिया

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् ।

लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको जसको कारण दोलखाली जनसेवामा समय अभाव महशुस भएको उल्लेख गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यको रूपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि उनले प्रमुख सचेतकबाट राजीनामा दिएको उनले बताएका छन् ।

  • १९ भाद्र २०८०, मंगलवार ०९:२८ प्रकाशित