५ रनमा आउट भए कप्तान रोहित

केन्द्रभाग मिडिया

पोखरा।
एसियन कप क्रिकेट– २०२३ अन्तर्गत हाल नेपाल र भारत भिडिरहेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले २० ओभरमा ३ विकेट गुमाउद ८९ रन बनाएको छ । नेपालका लागि तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।

कप्तान रोहितले ७ बलमा ५ रन जोड्दै आउट भएका हुन् । यसअघि दोस्रो विकेटको रुपमा भिम सार्की आउट भएका हुन् । भिम सार्कीले १७ बलमा ७ रन जोडेर आउट भएका हुन् । ।

पहिलो विकेटको रुपमा कुशल मल्लले २३ बलमा ३८ रन बनाएर आउट भएका थिए ।

नेपालले भारतसँग पहिलो पटक यो स्तरको खेल खेल्न लागेको हो ।

नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

  • १८ भाद्र २०८०, सोमबार १६:५९ प्रकाशित