स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुमपश्चिम ।

रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठको अनुसार हिजो (आइतबार) अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको ज्यान गएको हो ।

मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ ।

  • १८ भाद्र २०८०, सोमबार १४:०९ प्रकाशित