एक लाख पुरकार राशीको कृष्ण भजनको तयारी अन्तिम चरणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वषर् कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सवै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए ।

यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र व्यवस्थित वनाउन कुनै कसर वाकी नराखिएको संयोजक दुर्गादेवी वस्नेतले बताए ।

उनका अनुसार प्रतियोगिताका लागी गठित विभिन्न उपसमितिले आ आफना जिम्माका कामलाई तिव्रता दिएका छन् ।प्रतियोगिताका लागी आर्थिक संकलनको कार्य तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व। खत्रीले बताए ।

प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने वताईएको छ । हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, दितियले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए ।

 

व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेतको संयोजकत्वमा मुल आयोजक समिति, अध्यक्ष हरि वहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।

भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक वस्नेतले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ । वि।सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।

  • १७ भाद्र २०८०, आईतवार १३:३३ प्रकाशित