पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ २१ रुपैयाँ बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।