यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीकै संलग्नता छ : ओली

वाइडबडी किन्छन् उनीहरू, कमिसन खान्छन् उनीहरू, अनि नाम जोड्छन् एमालेको, अनुसन्धान गर आँफै जेल जाउ भनेको छु

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीको संलग्नता रहेको बताएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यति र वाइबडीको नाम एमालेसँग जोड्ने गरेको गरेको बताउँदै ओलीले त्यसमा कांग्रेस माओवादीको संलग्नता भएको बताए ।

यति होल्डिङ्ग्सलाई सुरुमा कसले जग्गा भाडामा दिएको हो भनेर छानबिन गर्न ओलीले चुनौती दिए । ‘म भन्छु यो सरकारलाई । तिमीहरू राष्ट्रिय पुँजी विरोधी हौ । एउटा गरिबले गरी खाएको तिमीहरू देख्न सक्दैनौँ । यदि यति होल्डिङग्सलाई दरबारको पालादेखि खोजेर ल्याउनुपर्छ । दरबारले विदेशी नागरिकलाई गोकर्णको जङ्गल भाडामा दिएको थियो ।

विदेशीबाट नेपालीले पाउनुपर्छ भन्दा विभिन्न घरानाको लडाईपर्‍यो, त्यस्तो लडाई परेको बेला बढी पैसा तिरेर सोझो शेर्पाले आफ्नो नाममा गर्‍यो होला ।’ उनले भने, सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेशीबाट यति होल्डिङग्सले लिन पाउँछ भनेर निर्णय गरे । दरबार मार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला लिजमा दिएको हो ।

सोल्टी होटल छेउको जग्गा दिने शेरबहादुर देउवा हुन । खोजी गर्न यति होल्डिङग्सलाई क–कसले दियो । अनि हामीसँग नाम जोड्छन । वाइडबडी किन्छन् उनीहरू, कमिसन खान्छन् उनीहरू । जर्मनीबाट कसैका नाममा सिंगापुरमा पैसा आउँछ अनि त्यहाँबाट गायब हुन्छ । मैले भनेको छु वाइडबडीको खोज जेल जाऊ ।’

  • १६ भाद्र २०८०, शनिबार १८:०२ प्रकाशित