स्याङ्जा ।
स्याङ्जाका विद्यालयहरुमा १० मिनेटसम्म एक साथ पुस्तक पढेर १६ औं राष्ट्रिय पुस्तकालय दिवश मनाइएको छ । विद्यालयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयमा उपस्थित सबैले एक साथ पुस्तक पढिएको हो ।
आँधीखोला गाउपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको हो ।
पठन संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ पुस्तकालय दिवसको अवसरमा सबै थोक छाडौँ, पुस्तक पढौँ अभियान अन्तर्गत विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहभागी भएको रुम टु रिड स्याङ्जाका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताए ।
विद्यालयहरुमा पुस्तक पठनसँगै सबैभन्दा धेरै पुस्तक जारी गर्ने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको छ । स्याङ्जाका प्रत्येक विद्यालयहरुमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुमा पठन सिप र पढ्ने बानीको विकास गरी स्वतन्त्र तथा आत्म निर्भर पाठक बनाउने संकल्पका साथ लागिरहेको सूर्योदय क्लब स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताए । उनले भने ‘यस्ता दिवसीय कार्यक्रमहरुले यो अभियानलाई थप टेवा पु¥याउनेछ ।’
रुम टु रिड स्याङ्जाका बरिष्ठ सहाएक कार्यक्रम अधिकृत टेक बहादुर ढेंगाले अरुलाई पढाउनको निम्ति आफैँ पढ्नुपर्ने बताउनुभयो । स्याङ्जा जिल्लामा रुम टु र रिड र ११ वटा स्थानीय तहको साझेदारीता तथा समन्वय र सूर्योदय क्लबको व्यवस्थापनमा २०० बढी बालमैत्री पुस्तकालय स्थापना हुनुका साथै कक्षा एक र दुईमा नेपाली भाषामा पठन सिप विकास कार्यक्रम समेत सञ्चालनमा रहेको छ ।