४८ एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)

कास्की प्रहरीको कमाण्ड समाल्न मोहन कुमार थापा आउने, कास्कीका आजय केसीको अंगरक्षक गणमा सरुवा

केन्द्रभाग मिडिया

पोखरा ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो ।

कास्कीका अजय केसी नेपाल प्रहरी अगंरक्षक गणमा नक्साल काठमाडौं सरुवा भएका छन् । कास्की प्रहरीको कमाण्ड समाल्न अख्तियार दुरुपायोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत मोहन कुमार थापा आउने भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवास्थापन महाशाखा पोखरामा कार्यारत खड्गबहादुर खत्रीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन सरुवा भएको छ । उनको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण दहवी सुनसरीमा कार्यरत विनोद शर्मा आउने भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत जनार्दश जिसीको अख्तियार दुरुपायोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा सरुवा भएको छ । उनको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखा हेटौंडामा कार्यरत श्यामकृष्ण अधिकारी आउने भएका छन् ।

सरुवाको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

 

  • १६ भाद्र २०८०, शनिबार ०९:१४ प्रकाशित