माओवादीको विशेष अभियान

भोलि ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ उद्घाटन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका हुन् ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी गरे ।

 

  • १५ भाद्र २०८०, शुक्रबार १४:२९ प्रकाशित