साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा छ ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ७२ रुपैयाँ बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

 

  • १५ भाद्र २०८०, शुक्रबार १०:१७ प्रकाशित