पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

गोरखा ।

पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । प्रहरीको अनुसार सुक्खा पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

प्रहरीको अनुसार अहिले आँबुखैरेनीबाट गोरखा जाने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै रोकिएका छन् ।

  • १५ भाद्र २०८०, शुक्रबार ०९:३१ प्रकाशित