बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास किन्न प्रतिसिलिन्डर थप २३५ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौँ । नेपाल आयल निगमले गएराती १२ बजेट बाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको हो । खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार लागु गरिएको नयाँ मूल्य अनुसार अब ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ ।

यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो ।

यसैंगरी पेट्रोल प्रतिलिटर १८२ र डिजेल र मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।

 

  • १५ भाद्र २०८०, शुक्रबार ०६:३६ प्रकाशित