पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा छ । आज पाउण्ड र युरोको भाउ बढेको छ ।
आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २० पैसा र बिक्रीदर १६७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०७ पैसा थियो।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ७९ रुपैयाँ बिक्रीदर १४४ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ७२ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा थियो । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९पैसा रहेको छ ।