नेपाललाई चौथो सफलता, सन्दीपले लिए सलमानको विकेट

केन्द्रभाग मिडिया

पोखरा ।
एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् । पाकिस्तानले १२५ रन बनाउँदा सलमान ५ रन बनाएर आउट भए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरेका थिए ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् ।

करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

  • १३ भाद्र २०८०, बुधबार १७:३२ प्रकाशित