आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा थियो । यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०७ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ७२ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४२ पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ ।

  • १३ भाद्र २०८०, बुधबार १०:१५ प्रकाशित