पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दाँ तीन जनाको घटनास्थलमै ज्यान गयो

सडक दुई तर्फी अवरुद्ध, वैकल्पिक सडक सञ्चालनको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

पाल्पामा गुडिरहेको जिपमाथि दुंगा खस्दा तीन जनाको घटना स्थलमै ज्यान गएको छ । पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। ज्यान जानेमा दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पाल्पाको जोर्तेमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

सुचना अधिकारी थापाको अनुसार अहिले मृतकको परिचय खुलि सकेको छैन भने घाईतेलाई उपचारका लागि सदरमुकामका अस्पताल लगिएको छ । यद्यपि घाईतेको अवस्था हेरि जिल्ला बाहिरको अस्पतालमा रिफर गरिने उनले बताए ।

पहिरो खसेको ठाउँमा सडक चौडा बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनापछि अहिले सडक दुईतर्फी अवरुद्ध रहेको र वैकल्पीक सडक खुलाउने तयारी भएको सुचना अधिकारी थापाले बताए ।

सडक अवरुद्ध हुदाँ पोखरा तर्फ बाट गएका र बुटवलबाट आउँदै गरेका सवारी बिच बाटोमै रोकिएको उनले जनाए ।

 

  • १३ भाद्र २०८०, बुधबार ०९:५५ प्रकाशित