काठमाडौँ ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो ।
पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।
समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भारत हो । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा हुने भएको छ ।