तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न कास्की प्रशासनको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गदै प्रमेख जिल्ला अधिकारी बासुदेव घिमिरेले तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्च खर्चिता कार्यक्रम नगर्न आग्रह गरेका छन् । तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्च खर्चिता कार्यक्रम गर्ने र जसका कारण विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ, सूचनामा भनिएको छ ।

आफ्नो रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने वाहेक अन्य कुनै पनि खालका खर्चिला र भड्किला कार्यक्रम तथा किक्रयाकलाप संचालन नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लावासीमा अनुराध गरिन्छ। सूचनामा उल्लेख छ । सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ र अन्य प्रचलित कानुनको विपरित हुने गरी कोही कसैले गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ ।

 

  • १२ भाद्र २०८०, मंगलवार १४:१४ प्रकाशित