धर्म, संस्कृतिविरुद्ध हुने अभिव्यक्ति र कार्यलाई सरकारले छुट दिँदैनः प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्काको धर्म, संस्कृतिविरुद्ध हुने अभिव्यक्ति र कार्यलाई सरकारले छुट नदिने बताएका छन् । आज ९मंगलबार० प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले राखेको प्रश्नमा उनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, सांस्कृतिको पालना गर्ने अधिकार रहेको र यसप्रति सबै जिम्म्ेवार हुन आवश्यक रहेको बताएका हुन् ।

सांसद् न्यौपानेले ‘वर्गीय राजनीतिको सैद्धान्तिक वकालत गर्ने पार्टीको नेता प्रधानमन्त्री ज्यूको अभिव्यक्ति ‘हामीले जितेमा जातीय राज्य उपलब्ध गराउने छौं’ भन्ने भनाई संविधान विपरीत भएन र रु कतै यस्तो अभिव्यक्तिले जातीय द्वन्द्व बढाउने त होईन रु’ भनी प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेकी थिईन् ।

सांसद न्यौपानेको प्रश्नमा केन्द्रीत हुँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘बहुजातीय बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदिऔंदेखि विभिन्न जातजाती, धर्म, संस्कृतिका जनताहरु आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छौं । अनेकतामा एकता नेपालीहरुको विशिष्टता र नेपाली समाजको आधारभूत चरित्र पनि हो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दीगो र बलियो हुनेछ ।

नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, सांस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ । अतः परापूर्वक कालदेखि यहाँ कायम रहिआएको सामाजिक एकता, सद्भाव र सहअस्तित्वमा खलल् पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ र स्पष्ट छ । सामाजिक सद्भाव खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्मविरुद्ध हुने अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन । नेपालको सविधानको पालना गर्नु हामी सबैको दायित्व हो । मैले पहिचानको कुरा गर्दा या अरु कुरा गर्दा अरु कसैको पहिचान आस्थामाथि कुनै खाल्को विभेद नगर्ने पनि म स्पष्ट गर्न चाहन्छु ।’

  • १२ भाद्र २०८०, मंगलवार १२:०२ प्रकाशित