गल्फमा नेपाली कामदार ठूलो समस्यामा छन् : अध्यक्ष लिङदेन

ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता भने अत्यन्त कमजोर देखियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् ।

मंगलबार साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईको साताव्यापी भ्रमण सकेर स्वदेश फर्कदै गर्दा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले नेपालीहरु ठूलो समस्यामा रहेको बताए । उनले धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता अत्यन्त कमजोर भएको र सरकारले यो कुरामा गम्भीर हुनु पर्ने बताए ।

उनले भने ‘ सप्लाईको क्रममा जाने कामदारहरुले धेरै दुःख पाएको पाईयो । घरेलु काममा जाने महिलाहरु असाध्य पीडित र दुःखमा रहेको अवस्था छ । त्यो संँग संँगै यो भिजिट भिसामा जाने मानिसहरु ठूलो समस्यामा रहेछन् । त्यति धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता भने अत्यन्त कमजोर देखियो । ’

साउदी अरेबियाले मात्र ४० करोड भन्दा माथि रेमिट्यान्स पठाउने तर हाम्रो कामदारहरुको अवस्था भने दयनीय रहेको उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले यो सबै दिल्लीमा भएको १२ बुँदे सहमति र त्यसले तय गरेको मार्गचित्रका साथै सरकारको उदासिनता एवं धर्मनिरपेक्षताको दुष्परिणाम भएको बताए ।

  • १२ भाद्र २०८०, मंगलवार ११:५७ प्रकाशित