सुतेकै ठाउँमा बिच्छीले टोक्दा बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

सिन्धुली ।

सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका३ कुँडुलेमा बिच्छीले टोक्दा एक बालिकाले ज्यान गुमाएकी छन् ।

स्थानीय रमिला पाख्रिनकी छोरी ५ वर्षीया छोरी सोनिया पाख्रिनलाई आफ्नै घरको ओछ्यानमा बिच्छीले टोक्दा ज्यान गएको हो ।

उनलाई उपचारका लागि मकवानपुर अस्पताल ल्याइएकोमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • १२ भाद्र २०८०, मंगलवार ११:५२ प्रकाशित