भ्रष्टाचारको अभियोग लागे पछि सप्तरीका तीन स्थानीय तह प्रमुख बिहिन

केन्द्रभाग मिडिया

भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन् ।

राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन् । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो ।

गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन् । राजविराज नगरपालिकाका मेयर भीमराज यादव र शम्भुनाथ नगरपालिका मेयर जितेन्द्रप्रसाद गुप्ता गत फागुनदेखि नै निलम्बनमा छन् ।

मेयर र अध्यक्ष नै निलम्बनमा परेपछि सम्बन्धित स्थानीय तहको काम कारबाही प्रभावित बनेको छ ।

 

  • १२ भाद्र २०८०, मंगलवार ११:५१ प्रकाशित