सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।
उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको मूल्य ६४९ रुपैयाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगले जनाएको छ । उक्त मूल्यमा उद्योगले ५६४ रुपैयाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ ।
यसअघि सो सिमेन्ट उद्योगको सिमेन्टको मूल्य ७०१ रुपैयाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२र४३ बाट उत्पादन सुरु गरेको थियो ।