आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक बस्दै आज छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

  • १२ भाद्र २०८०, मंगलवार ०९:१९ प्रकाशित