पोखरामा ट्रकको टक्करबाट स्कुटर चालक वर्षा कुमालको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
ट्रकको ठक्करबाट पोखरामा सोमबार एक जनाको निधन भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५१ नम्बरको स्कुटरलाई सभागृह चोक नजिक बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।

दिउँसो २ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी कुमालको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा निधन भएको ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले जानकारी दिए ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

  • ११ भाद्र २०८०, सोमबार १८:१० प्रकाशित