गौर घटनाको मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे ।

उनले भने, ‘सरकारले भन्छ छानबिन गर्छु तर, कुर्सी हल्लिने भइसकेपछि भन्छ केही दिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । यस्तो भएपछि यो कानूनको शासन हो रु न्यायको लागि सरकार बनेको हो कि कुर्सी बचाउन रु यो काण्डमा सरकारले सत्ता जोगाउने हो भने पीडितहरू चुप लागेर बस्दैनन् हाम्रो पार्टी चुप लागेर बस्दैनन् । नेपालमा न्याय पाएनन् भने पीडितहरू हेग जान्छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले स्मरण गरे । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।

उनले अहिले विषयान्तर गर्नको लागि धरानमा सत्ताधारी दलहरूले नै लफडा झिकेको आरोप लगाए । सत्य लुकाउन जनतालाई डाइभट गर्नको लागि धरानमा साम्प्रदायिक प्रसंग उठाएको बताए ।

  • ११ भाद्र २०८०, सोमबार १६:३६ प्रकाशित