प्रदर्शनमा उत्रिएका नेविसंघका एक दर्जन नेता पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वभाविक शुल्क वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु राजेन्द्र चटौत सौगात फुयाल सलन केसी लगायत एक दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । पछिल्लो दिनमा चापागाईको जीवन रक्षा र शुल्य वृद्धि फिर्ताको माग गर्दै नेविसंघ आन्दोलित छ ।

  • ११ भाद्र २०८०, सोमबार १५:२२ प्रकाशित