एसिया कपका लागि सन्दीप पाकिस्तान प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरेका छन् ।उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका छन् ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । सन्दीपविरुछको मुद्धामा हिजो सुनुवाइ स्थागित भएपछि सन्दीप आज पाकिस्तान प्रस्थान गरेका हुन्।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

  • ११ भाद्र २०८०, सोमबार १०:०७ प्रकाशित