आज कति छ डलरको किनबेचदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ५२ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।

  • ११ भाद्र २०८०, सोमबार ०९:५२ प्रकाशित