संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने मोटामोटी सहमति भएको बताए ।

‘एउटा समितिको सभापति हामीलाई दिने भनेर मोटामोटी सहमति भएको छ’, उनले भने, ‘संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणाज्यूले नेतृत्व गर्नुहुन्छ ।’

समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ ।

  • १० भाद्र २०८०, आईतवार १३:५१ प्रकाशित