पोखरा ।
हङकङलाई पराजित गर्दै नेपालले चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि हात पारेको छ । शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि हात पारेको हो।
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेपछि डकवर्थ लुइस पद्दतिमार्फत विजेता घोषणा गरिएको हो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो ।
भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो । वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो।
हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो। नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो।
जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ।