गृहमन्त्रीको आरोप : भ्रष्टाचार र तस्करीमा संलग्नले आक्रमण गर्न खोज्दैछन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्नहरुले सरकारमाथि आक्रमण गर्न खोजिरहेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  सो आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतंकित भएका छन् । तीनको रक्षा गर्न खोज्नेहरु सरकारलाई आक्रमण गर्न खोज्दैछन् । प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न खनिएका छन् ।’

भ्रष्टाचार, तस्करीको अन्त्य नगरेसम्म समृद्धिको सपना पूरा नहुने भएकाले सरकारले सुशासनको अभियान चलाएको उनको भनाई छ ।
युवाहरुमा अहिले अब देश बन्छ भन्ने आशा पलाएको समेत उनले दाबी गरेका छन् ।

  • ८ भाद्र २०८०, शुक्रबार १६:३५ प्रकाशित