इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध विद्यार्थीद्धारा प्रर्दशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले स्नातक इन्जिनियरिङ ९बीई० को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले डिन कार्यालय पुल्चोकदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् । डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखिएको छ । प्रर्दशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी थिए । यी विद्यार्थी संगठनले यसअघि पनि छुट्टाछुट्टै रूपमा शुल्क वृद्धिको विरोध गर्दै खारेजीको माग राख्दै आएका छन् ।

इन्जिनियरिङ डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको जनाएको छ । ३ लाख १८ हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ । अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् ।

  • ८ भाद्र २०८०, शुक्रबार १६:२० प्रकाशित