पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा थियो । यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४३ रुपैयाँ ०९ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १९पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।