लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर  हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको वताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे ।

उक्त कार्यक्रममा धुर्ब ब थापा, धुर्ब श्रेष्ठ,  मिलन थापा,  प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर । प्रजापति बास्तोला, को चिफ एड्भाइजर  कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन  सूर्य बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा ला। नरहरी पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिष्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने साथीहरुलाई सम्मान ब्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए । अध्यक्ष  एकनारायण गौतमले हाल सम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै विएसएफ र एनएलएफ तर्फको चेक हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष  २०२२ /२०२३ का अध्यक्ष  नरहरी पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष २०२३/ २०२४ क्लब अध्यक्ष एकनारायण गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक  राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष  बालाकृष्ण शर्माले राखेका थिए । डिष्ट्रिक जे अन्तर्गतका डिष्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष २०२२ /२०२३ का सविच ला। शुसिल थापा र वर्ष २०२३/ २०२४ का सचिव  इश्वर शर्माले गरेका थिए ।

  • ७ भाद्र २०८०, बिहीबार १८:११ प्रकाशित