इन्जिनियरिङको शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनशनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् ।

पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि गरिएको भन्दै डीन कार्यालय अघि चापागाईँ आमरण अनशन बसेका छन् । शुल्क वृद्धिले इन्जिनियरिङ अध्ययनप्रतिको रुचि घट्ने विद्यार्थीहरुको तर्क छ ।

 

  • ७ भाद्र २०८०, बिहीबार १६:०४ प्रकाशित