विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अब विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन् ।

गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

‘उमेर, नाम र जात सच्याउने ९तेस्रो संशोधन० नियमावली २०८०’ बुधबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

यसअघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो ।

यसअघिका विद्यार्थीलेसमेत यो उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्थासमेत गृह मन्त्रालयले गरेको छ ।

  • ७ भाद्र २०८०, बिहीबार १४:५७ प्रकाशित