अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमन्त्रालयमा तानिए

केन्द्रभाग मिडिया

काठमाडौं ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएका हुन् ।

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए।

  • ७ भाद्र २०८०, बिहीबार १४:२५ प्रकाशित