आज युरोको मुल्य घट्दा, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६५ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८० पैसा थियो ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १० पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ ।

  • ७ भाद्र २०८०, बिहीबार ०९:५१ प्रकाशित