कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।

चितुवा कुखुरापालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ । वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मूभ भइसकेको जानकारी दिए ।

थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ ।

  • ७ भाद्र २०८०, बिहीबार ०९:०० प्रकाशित