कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै रिट दर्ता गरेका छन् ।

विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर आज सर्वोच्च अदालत पुगेका हुन् । यसअघि पनि सत्ता गठबन्धनले सभामुखलाई मत हाल्न लगाएको विरोधमा एमाले सर्वोच्च पुगेको थियो ।

  • ६ भाद्र २०८०, बुधबार १६:०१ प्रकाशित