पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १८ जनाको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको बस त्रिशूली नदी खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

बसमा कति सवार थिए भन्ने विवरण भने प्राप्त हुन सकेको छैन ।

  • ६ भाद्र २०८०, बुधबार १२:१२ प्रकाशित