राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।

हिजो दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो ।

  • ६ भाद्र २०८०, बुधबार ०९:२४ प्रकाशित