भारतको मुम्बईबाट राँचीको लागि उडेको विमानभित्र उडानकै क्रममा यात्रुको ज्यान गयो

केन्द्रभाग मिडिया

सोमबार मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको ज्यान गएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान भने जोगाउन नसकिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित यात्रुले यात्राको क्रममा रगत बान्ता गर्न थालेको जनाएको छ ।अस्पतालले जारी गरेको विज्ञप्तिमा ६२ वर्षीय ती यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।

राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थालेपछि पाइलटले विमान नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरेको थियो ।

  • ५ भाद्र २०८०, मंगलवार १७:०१ प्रकाशित