कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

केन्द्रभाग मिडिया

विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको हो । विश्वासको मतको विपक्षमा ३० मत परेको थियो ।

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मत दिए पछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् । अध्यक्षको आसनमा बसेको व्यक्तीले मतदान गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सभामा नाराबाजी गरेको थियो ।

 

  • ४ भाद्र २०८०, सोमबार १८:१४ प्रकाशित