शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको सरुवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख फेरिएका छन् ।

गृह मन्त्रालयले सोमबार काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालय सरुवा गरिएको छ । त्यहाँ कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई काठमाडौं प्रहरीको जिम्मेवारी दिएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ । त्यस्तै, अर्का एसएसपी सानुराम भट्टराईलाई सुरक्षा परिषद् सरुवा गरिएको छ ।

  • ४ भाद्र २०८०, सोमबार १८:०३ प्रकाशित