बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको निधन

केन्द्रभाग मिडिया

बागलुङ ।
बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोनिधन भएको छ ।

गलकोट नगरपालिका ३ बतासेडाँडामा गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय गणेश परियारको निधन भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा परियारको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ४ भाद्र २०८०, सोमबार ११:२८ प्रकाशित