प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा भोलिदेखि सुनुवाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार ९भोलि० देखि शुरु हुने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् ।

  • ३ भाद्र २०८०, आईतवार १६:०५ प्रकाशित