प्रदेश सभा बैठक

बैंकहरुले व्याजदर बढाएकोमा पूर्वमन्त्री थापाको विरोध

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले बैंकहरुले कर्जाको व्याजदर बढाएकोमा विरोध जनाएका छन् ।

गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो भनाई राख्दै थापाले व्याज दर बढाइएकोमा विरोध जनाए । भाद्र १ गते देखी लागुहुने गरेर ऋणमा व्याजदर बढाएर १६ प्रतिशत सम्म पुर्याएको उनले बताए ।

ब्याजदरको ‘भद्र सहमति’ खारेज गर्ने बैंकर्स संघको निर्णयले ऋणमा व्याज बढेको उनले बताए । बैंकर्ष संघले व्याजदरमा जुन भद्र सहमती गरेको थियो त्यसलाई तोडेर बैकको व्याजदर ऋणमा १६ प्रतिशत सम्म पुर्याएको छ, उनले भने यसले अहिलेको आर्थिक मन्दीमा उद्योगी व्यवसायीलाई आक्रान्त बनाएको छ । व्याजदर बढको प्रतिथापाले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।

थापाले सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको भन्दै संघीय सरकारलाई धन्यवाद दिए ।

नेपाल सरकारले कित्ताकाट खुल्ला गरेर सहज बनाएको छ , यसले जग्गा सम्बन्धी समस्या थियो त्यसलाई सहज गरेको देखिन्छ, उनले भने यसले आर्थिक कृयाकलाप पनि चलायमान गराउनलाई मद्धत पुर्याउछ । यसका लागि संघीय सरकरलाई धन्यवाद दिन चाहन्छु ।

  • ३ भाद्र २०८०, आईतवार १५:११ प्रकाशित