दाङमा जंगली च्याउ खाँदा आमा-छोरीको ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा जंगली विषालु च्याउ खाएर आमा(छोरीको ज्यान गएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा ज्यान गएको हो ।

च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन्

११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको छ।

  • १ भाद्र २०८०, शुक्रबार १६:३९ प्रकाशित